स्टार तेक्वान्दो एकेडेमीमा कलर बेल्ट परिक्षा सम्पन्न

स्टार तेक्वान्दो एकेडेमीमा कलर बेल्ट परिक्षा सम्पन्न

नेपाल आईटीएफ तेक्वान्दो महासंघ अन्तर्गत सुदुर पश्चिम प्रदेश कैलालीद्वारा स्टार तेक्वान्दो एकेडेमीमा आज कलर बेल्ट परीक्षा सम्पन्न गरेको छ ।

सुदुर पश्चिमकै नमूना एकेडेमीमा आईटीएफको अन्तर्राष्ट्रिय ख्यातिप्राप्त प्रशिक्षक प्रकाश जैगडिले पशिक्षण दिएका थिए । उनी विगत पाँच वर्षदेखि अलइन्डिया तेक्वान्दोको हेडकोचमा कार्यरत छन् । उनी राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा गोल्ड मेडल प्राप्त प्रशिक्षक हुन् ।

उनले थुप्रै बलिवुड सुपरस्टार र हलिवुड सुपरस्टारलाइ एक्सन फिल्ममा समेत ट्रेडिङ गराइसकेका छन् । उनले आफु नेपाली भएकोमा गर्व लाग्ने गरेको बताए । आफुले भारतमा थुप्रै नेपाली दाजुभाइहरुलाई तेक्वान्दो प्रशिक्षण दिइरहेको उनको भनाई छ । नेपालीहरुले भारतको विकास र समृद्धिमा महत्वपूर्ण योगदानको दिएको बताए ।

उनी विगत लामो समय देखि यस् क्षेत्रमा कार्यरत छन् । जैगडिले २०१९ मा गोवामा अलइन्डिया तेक्वान्डो राष्ट्रिय प्रतियोगिता सम्पन्न गराएका थिए, आफुले गरेको कार्यमा प्रवासमा बस्ने सबै नेपाली दाजुभाइ दिदिबहिनी हरुले धेरै साथ सयोग र माया पाएको बताए ।

आफू प्रवासमा रहे पनि नेपाल राष्ट्रलाई खेलमार्फ विश्व सामु चिनाउने आफ्नो धोको रहेको बताए । उनले खेल जगतलाई बढावा नदिएसम्म हामीले विकास र समृद्धि हासिल गर्न नसक्ने बताए । साथै उनले तेक्वान्दो खेलमा भाग लिइ गोल्ड मेडल प्रात गर्न उपस्थिति खेलाडीलाइ आह्वान गरेका छन् ।

उनले भने, ‘म भारतीय गोर्खा आर्मीको छोरा हुँ तर पनि हामीलाई हेर्ने दृष्टिकोण त्यहाँका नागरिकलाई हेर्ने दृष्टिकोणमा समानता छैन । किनभने म नेपाली भएकाले हो ।

प्रक्षेपणको अन्त्यमा आफ्नो बालबालिकालाई समयको सही सदुपयोग गर्नुहुन र तेक्वान्दोबाट देशलाई अन्तर्राष्ट्रिय स्तरमा सम्म चिनाउन सबै विद्यार्थीलाई अपिल गरेका छन् ।