धनगढीमा कोरोना खोप लगाउने कार्यलाई व्यवस्थित बनाउन घरदैलो अभियान सुरु

धनगढीमा कोरोना खोप लगाउने कार्यलाई व्यवस्थित बनाउन घरदैलो अभियान सुरु

धनगढी । धनगढीमा कोरोना खोप लगाउने कार्यलाई व्यवस्थित बनाउन घरदैलोमा नै पुगेर नाम दर्ता गर्ने अभियान सुरु भएको छ । धनगढी उप-महानगरपालिकाका १९ वटै वडामा स्वयंमसेवकहरु परिचालन गरि सो कार्यको थालनी गरिएको हो ।

कोरोना खोप लगाउनबाट कोही पनि बन्चित नहुन भनेर घरदैलोमा नै पुगेर नाम दर्ता गर्ने अभियान सुरु गरिएको नगर प्रमुख नृप बहादुर वडले जानकारी दिए ।

उनले भने,''कोभिड खोप लगाउन बाट कोही पनि नागरिक बन्चित नहुन भनेर घरमै पुगेर १८ बर्ष भन्दा माथीका ब्यक्तिहरुको नाम दर्ता सुरु गरेका छौं ।'' नगरप्रमुख वडका अनुसार अहिले ४० जना यूवा स्वयंसेवकहरु घरदैलोमा पुगेर अनलाईन नाम दर्ता गरि रहेका छन् ।