बोनम्यारो पिडित शाह बचाउ अभियान : संकलित १ लाख २३ हजार रकम हस्तान्तरण

बोनम्यारो पिडित शाह बचाउ अभियान : संकलित १ लाख २३ हजार रकम हस्तान्तरण

धनगढी । अछाम जिल्लाको चौरपाटी गाउँपालिका-१ का बोनम्यारो पिडित लाल बहादुर शाहको उपचारका लागि सहयोग रकम हस्तान्तरण गरिएको छ । काठमाडौँको सिभिल अस्पतालमा उपचाररत बोनम्यारो पिडित शाहको उपचारका लागि १ लाख २३ हजार रकम पिडितको घरमै पुगेर हस्तान्तरण गरिएको हो ।

चौरपाटी-२ सोकटका समाज सेवी धर्म बहादु साउद र निर्माण कुमार साउँदको नेतृत्वमा नेपालमा लाल बहादुर शाह बचाउ अभियान सञ्चालन गरिएको थियो । भने भारतमा नेपाली एकता समाज भारत पन्जाब राज्य समितिले पनि लुधियाना नगर समितिका सचिव  तथा राम नगर एरिया समितिका अध्यक्ष  बिकास साउदको नेतृत्वमा सो अभियान सञ्चालन गरिएको थियो ।

लामो समय देखि बोम्यारो पिडित शाह काठमाण्डौंको सिभिल अस्पतालमा उपचाररत छन । उनको उपचारमा आर्थिक अभाव हुन नदिन नेपाल र भारतमा अभियानकै रुपमा लाल बहादुर शाह बचाउ अभियान सञ्चालन गरिएको थियो । सोही अभियानबाट उठेको करिब १ लाख २३ हजार रकम आईतबार पिडितको घरमै पुगेर पिडितका बुवालाई हस्तान्तरण गरिएको समाजसेवी निर्माण कुमार साउँदले जानकारी दिए ।

उनका अनुसार भारतमा बिकास साउँदको नेतृत्वमा ७२ हजार र नेपालमा धर्म बहादु साउद र निर्माण कुमार साउँदको नेतृत्वमा ५१ हजार रकम संकलन भएको थियो । यस्तै नेपाली एकता समाज भारत पन्जाब राज्य समिति लुधियाना नगर समितिका सचिव  तथा राम नगर एरिया समितीका अध्यक्ष  बिकास साउँदको नेतृत्वमा ७२ हजार रकम संकलन भएको थियो ।

भारतमा यो अभियानमा नेपाली एकता समाज ३२ सेक्रेट एरिया अध्यक्ष हरि साउद, सचिव टेक साउद, उपाध्यक्ष खडक साउद, करन साउद, नैन बहादुर साउद (मुम्बई), नेपाली एकता समाज बस्ती चोक एरिया समितीका अध्यक्ष एकेन्द्र साउद, बिरमल साउद (प्रमुल्ली), जीवन थापा (पातल) र गौरामे थापा (पातल) को विशेष सहयोग तथा भुमिका रहेको थियो । 

भारतमा कामको सिलसिलामा रहेका व्यक्तिहरुले आफ्नो खाजा खर्च बचाएर बोनम्यारो पिडित शाहको उपचारका लागि सहयोग गरेका छन । यसैगरी नेपाली एकता समाज भारत पन्जाब राज्य समिति लुधियाना नगर समितिले समस्यामा परेका नागरिकहरुलाई विगत देखिनै सहयोग गर्दै आएको छ ।

यसअघि पनि आफुहरुको समितीले समस्यामा परेका नागरिकहरुलाई सहयोग गरेको र अझै पनि विभिन्न समस्यामा परेका नागरिकहरुलाई निरन्तर सहयोग गर्ने नेपाली एकता समाज भारत पन्जाब राज्य समिति लुधियाना नगर समितिका सचिव  तथा राम नगर एरिया समितीका अध्यक्ष  बिकास साउँदले जानकारी दिए ।

साथै उनले बोनम्यारो पिडित शाहको उपचारमा सहयोग गर्ने सम्पूर्ण दाताहरु र विशेष सहयोगीको रुपमा भुमिका निर्वाह गर्ने लाई नेपाली एकता समाज भारत पन्जाब राज्य समिति लुधियाना नगर समितिको तर्फ बाट धन्यवाद दिएका छन । आगामी दिनहरुमा पनि भारतमा रोजगारीको सिलसिलामा रहेका नेपाली दाजुभाईबाट यस्तै सहयोगको अपेक्षा गरिएको उनले बताए ।

यस्तै सामाजिक अभियान्ता धर्म बहादुर साउँले बोनम्यारो पिडित शाहको उपचारमा सहयोग गर्न सबैलाई अपिल गरेका छन । सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै उनले भने-'अहिले उनको जीवनका लागि सबैको सहयोग खाचो छ । सबैको साथ र सहयोग भए उनी बाँच्न सक्छन् ।’

त्यसैले देश तथा विदेशमा रहेका नेपाली र सहयोग गर्न इच्छुकलाई आर्थिक सहयोग गरेर शाहको बोनम्यारो उपचारका लागि सहयोग गर्न सामाजिक अभियान्ता साउदले सबैलाई आग्रह गरेका छन । शाहको उपचारका लागि सहयोग गर्ने सम्पूर्ण सहयोगी मनहरुलाई समाज सेवी निर्माण कुमार साउँद र धर्म बहादुर साउँदले संयुक्त रुपमा धन्यवाद ज्ञापन गरेका छन ।

साथै लाल बहादुर शाहको उपचारमा सहयोग गर्न इच्छुक व्यक्तिहरुले शाहको नाम रहेको सेन्चुरी बैङ्कको खाता नम्बर १२२००००८१२५ र एभरेस्ट बैङ्कको खाता नम्बर ०११००५१२२००४१८मा जम्मा गर्न सकिने पनि बताइएको छ ।

No description available.