काठमाडौँबाट धनगढीका लागि उडेको बुद्ध एयरको जहाज भरतपुरबाट अचानक काठमाण्डौं डाईभर्ट गरेर आपतकालीन अवतरण गरिएको छ ।
बुद्ध एयरको 9N-AMD जहाज भरतपुर क्षेत्रबाट डाइभर्ट गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन अवतरण गरिएको हो ।
हाइड्रोलिक फेल भएर आपतकालीन अवतरण गर्न लाग्दा फायर भेहिकल तथा एम्बुलेन्सहरु समेत हाइ अलर्ट अवस्थामा राखिएको थियो । काठमाडौँबाट बुद्ध एयरको अर्को जहाज धनगढीका यात्रुहरु बोकेर साँझ ६ बजेर ४५ मिनेटमा उडेको छ ।