प्रतिनिधिसभाको बैठक बस्दै, शेरबहादुर देउवाले वार्षिक प्रतिवेदन २०७६/०७७ पेश गर्ने

प्रतिनिधिसभाको बैठक बस्दै, शेरबहादुर देउवाले वार्षिक प्रतिवेदन २०७६/०७७ पेश गर्ने

संघीय संसद प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । 
आजको बैठकमा सभामुख अग्नीप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त राज्यमन्त्री नियुक्ति सम्बन्धी पत्र पढेर सुनाउने छन् । 

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगको वार्षिक प्रतिवेदन २०७६/०७७ पेश गर्ने कार्यसूची रहेको छ । 
शोक प्रस्ताव पेश गर्ने कार्यसूची पनि रहेको संसद सचिवालयले जनाएको छ ।