धनगढी । कोरोना सङ्क्रमण न्यूनीकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले सडकमा जनचेतनामूलक कार्यक्रमको थालनी गरेको छ । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीको आयोजनामा मङ्गलवार सो कार्यक्रम गरिएको हो ।
''आफु पनि बचौं र अरुलाई पनि बचाऔं, अनिवार्य रुपमा मास्कको प्रयोग गरौं'' भन्ने नारा सहित धनगढीमा जनचेतनामुलक कार्यक्रम गरिएको ट्राफिक प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
यसैगरी साबुन पानीले मिचिमिचि हात धौऔँ, सामाजिक दुरि कायम राखौँ, नेपाल सरकार द्धारा तोकिएको स्वास्थ्य मापदण्डको पालना गरौ, भिड भाड नगरौ, सवारी साधनमा बढी भाडा असुल नगरौ, ट्राफिक नियमको पालना गरौ भन्ने नारा सहितका जिङगल तयार गरी धनगढी बजारमा प्रशारण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरिक्षक बिरेन्द्र बहादुर बोहराले जानकारी दिए ।
साथै मास्क नलगाई हिड्डुल गर्ने सर्व साधारणलाई मास्क समेत बितरण गरेको थियो । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्धारा जारी गरिएका स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले आग्रह गरेको छ ।