कैलालीमा साढे ५ किलो चरेस सहित २ जना पक्राउ

कैलालीमा साढे ५ किलो चरेस सहित २ जना पक्राउ

धनगढी । प्रहरीले कैलालीमा साढे ५ किलो चरेस र सवा लाख नगद सहित दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको गौरीगंगा नगरपालिका-८ गिदनियास्थित पूर्वपश्चिम राजमार्गबाट गौरीगंगा नगरपालिका-११ शिवपुर बस्ने वर्ष ४० का गोरख भन्ने गोरे धामी र गोदावरी नगरपालिका ६ बस्ने वर्ष ३५ का धन बहादुर धामीलाई कैलाली प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुको साथबाट ५ किलो ५०० ग्राम चरेस र एक लाख २० हजार नगद बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी दिए ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय तथा इलाका प्रहरी कार्यालय मसुरिया कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरु दुवै जनामाथि लागु औषध चरेश शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भईरहेको कैलाली प्रहरीले जनाएको छ ।