बालुवाटारमा मन्त्रिपरिषद्को बैठक, प्रदेश प्रमुख हेरफेर हुने सम्भावना

बालुवाटारमा मन्त्रिपरिषद्को बैठक, प्रदेश प्रमुख हेरफेर हुने सम्भावना

प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक शुरू भएको छ । आजको बैठकले प्रदेश प्रमुखहरू परिवर्तनको निर्णय गर्ने सम्भावना छ । 

आज नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रदेश प्रमुखहरूको नाम बुझाएका छन् । 

स्रोतका अनुसार गण्डकी प्रदेशमा अमिक शेरचन र प्रदेश २ को प्रदेश प्रमुखमा तिलक परियारको नाम बुझाइएको हो । 

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले हटाएका प्रदेश प्रमुखलाई नै निरन्तरता दिने माओवादीले निर्णय गरेको हो।