एकै दिन थपिए विश्वभर साढे पाँच लाख कोरोना संक्रमित

एकै दिन थपिए विश्वभर साढे पाँच लाख कोरोना संक्रमित

विश्वभर एकै दिन साढे पाँच लाखभन्दा बढी कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा पाँच लाख ६२ हजार ५१८ जना संक्रमित थपिएका हुन्।

जसमध्ये अमेरिकामा सबैभन्दा बढी ५२ हजार १११ संक्रमित थपिएका छन्। यस्तै‚ इन्डोनोसियमा ४५ हजार २०३, भारतमा ४२ हजार ९००, ब्राजिलमा ४१ हजार ४११, इरानमा ३४ हजार ९०० संक्रमित थपिएका छन्।

यसैबीच विश्वभर पछिल्लो २४ घण्टामा ९ हजार २६२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा इन्डोनोसियामा २ हजार, ब्राजिलमा १३ सय २०, रुसमा ७७९, भारतमा ६४०, अमेरिकामा ३०९, इरानमा ३५७ र कोलम्बियामा ३०० जनाको मृत्यु भएको छ।

योसहित विश्वभरको कोरोनाका कारण मृत्यु हुनेको संख्या ४१ लाख ९२ हजार १७७ पुगेको छ। विश्वभर कोरोना संक्रमितको संख्या १९ करोड ५९ लाख २२ हजार १०० पुगेको छ। जसमध्ये १७ करोड ७६ लाख २५ हजार २३३ जना संक्रमणमुक्त भएका छन्।