सप्तकोशी नदीको तटबन्ध भत्कियो

सप्तकोशी नदीको तटबन्ध भत्कियो

नेपाल–भारत सीमा क्षेत्रबाट ८ किलोमिटर दक्षिणमा रहेको सप्तकोशी नदीको तटबन्ध भत्किएको छ। भारतको बिहार राज्यको सुपौल जिल्ला अन्तर्गत सिकरहाटामा सप्तकोशी नदीको वहाव उच्च हुँदा तटबन्ध भत्किएको हो ।

तटबन्ध भत्किएपछि दर्जनौँ गाउँ डुबानमा परेका छन् । २५ हजार भन्दा बढी मानिस प्रभावित भएको भारतीय अखबार हिन्दुस्तान टाइम्सले आफ्नो अनलाइन संस्करणमा उल्लेख गरेको छ ।

तटबन्धनको ५० मिटर भत्किएको र कटान जारी रहेको पनि समाचारमा उल्लेख गरिएको छ  । सुपौल जिल्लाका डिस्ट्रिक्ट मजिस्ट्रेट डिएमका महेन्द्रकुमारका अनुसार शुक्रबार विहान सुपौल जिल्लाको सिकरहाटामा कोशीको बाँध फुट्दा सुपौल र मधुवनी जिल्लाका विभिन्न बस्ती डुबानमा परेका हुन् ।

बाँध फुटेको स्थान सुनसरी र सप्तरीसित सीमा जोडिएको बिहार राज्यको सुपौल जिल्ला अन्तर्गत सिकरहाटा नेपाल–भारत सीमाभन्दा ८ किलोमिटर दक्षिणमा रहेको छ ।

कोशी व्यारेजदेखि ८ किलोमिटर दक्षिणमा कोशीको बाँध फुटेर बस्तीमा पसेपछि भारतीय सुरक्षा अधिकारीहरुले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएका छन् ।

यता कोशी व्यारेजका २२ ढोका खुला गरिएको छ । बिहारमा पानीले ठुलो क्षति पु¥याउने अनुमान गर्दै कोशी व्यारेजमा भारतिय पक्षले ढोकाहरु धेरै संख्यामा बन्द गर्ने सम्भावना देखिएको छ ।