प्रेमीसँग मिलेर श्रीमानको हत्या

प्रेमीसँग मिलेर श्रीमानको हत्या

प्रेमी र साथिसँग मिलेर एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छिन् । श्रीमानको हत्यापछि महिलाले श्रीमानको शव कुवामा फाल्दिएकी थिइन् र त्यसमाथि रुख रोपदिएकी थिइन् ।

यो घटना भारतको एमपीको हो । गत ६ अगस्टमा महिलाले आफ्नो श्रीमानको हत्या गरी प्ररीकोमा आफैँ गएर श्रीमान हराएको उजुरी दिइन् । केस अदालतसम्म पुग्यो । प्रहरीले विशेष सूचनाबाट ११ महिनाबाट गायब भइरहेका पुरुषको पहिले नै हत्या भएको पत्ता लगायो ।

अनुसन्धानका क्रममा उनको शव गाडिएको भन्ने खुलेपछि प्रहरीले शव खोजेका थिए ।
११ महिनाअघि नै गाडिएको शवको माथि महिलाले रुख रोपेकी थिइन् । प्रहरीले शव निकाल्न जाँदा त्यो बिरुवा रुख भइसकेको थियो ।


प्रहरीले ती पुरुषको कंकाल फेला पारेको छ । प्रहरीले आरोपित महिलालाई पक्राउ गरेको छ । अनुसन्धानका क्रममा उनले प्रेमी र साथिहरुसँग मिलेर हत्या गरेको र शव व्यवस्थापनका लागि क्राइम पेट्रोलबाट आइडिया लिएको बताएकी छिन् ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेका बताएको छ ।