१२ कक्षाको परीक्षा होम सेन्टरबाटै

१२ कक्षाको परीक्षा होम सेन्टरबाटै

कोरोनाभाइरस महामारीलाई मध्यनजर गर्दै १२ कक्षाको परीक्षा होम सेन्टरबाटै हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको परीक्षा होम सेन्टरबाट नै गर्ने निर्णय गरेको हो ।

बुधबार संसदकोे शिक्षा तथा स्वास्थ्य समिति बैठकमा यो निर्णय गरिएको हो । कतिपय ठाउँमा यातायातको व्यवस्था नभएको र बाहिर जान विद्यार्थीहरुलाई कोरोनाको थप जोखिम हुने भएकाले यस्तो निर्णय गरिएको हो ।

यसअघि १० कक्षाको परीक्षा आन्तरिक मूल्यांकनबाट गरिने भएको छ । १२ कक्षाको परीक्षा चाहिँ भौतिक उपस्थितिमा नै दिनु पर्ने सुझाव आएकाले परीक्षा लिन लागिएको परीक्षा बोर्डले जनाएको छ ।