टोकियो ओलम्पिकमा जापान फेरि शीर्ष स्थानमा, दाेस्राेमा अमेरिका

टोकियो ओलम्पिकमा जापान फेरि शीर्ष स्थानमा, दाेस्राेमा अमेरिका

टोकियो ओलम्पिकमा जापान फेरि शीर्ष स्थानमा पुगेको छ । जापानले ११ स्वर्ण र चार रजतसहित २० पदक जितेर शीर्ष स्थान ओगटेको छ भने अमेरिकामा १० स्वर्ण र १० रजतसहित २९ पदक जितेर दोस्रो स्थानमा छ ।

यस्तै, तेस्रो स्थानमा रहेको चीनले १० स्वर्ण र ५ रजतसहित अहिलेसम्म २३ पदक जितेको छ । अहिलेसम्म रसियन ओलम्पिक कमिटीले ७, अस्ट्रेलियाले ६, बेलायतले ५, दक्षिण कोरिया र फ्रान्सले ३/३ स्वर्ण जितेका छन् ।

यस्तै, नेदरल्याण्डस्, क्यानडा, हंगेरी, जर्मनी र कोशोभोले २/२ स्वर्ण जितेका छन् भने स्विट्जरल्याण्ड, इटाली, ब्राजिल, रोमानिया, स्लोभानिया, हङकङ, टूनिशिया, अस्ट्रिया, क्रोयशिया, इस्टोनिया,बर्मुडा, इरान, नर्वे, फिलिपिन्स, थाइल्याण्ड, उज्वेकिस्तानले एक/एक स्वर्ण जितेका छन् ।