गर्भावस्थामा खोकी लागिरहन्छ ? यस्ता छन् घरेलु उपाय

गर्भावस्थामा खोकी लागिरहन्छ ? यस्ता छन् घरेलु उपाय

गर्भावस्थामा महिलाको प्रतिरोधात्मक क्षमता निकै कम हुने गर्दछ । यस्तो अवस्थामा महिलाले स्वास्थ्य सम्बन्धी धेरै समस्याहरूको सामना गर्नुपर्दछ। यस समयमा महिलाको शरीरमा धेरै परिवर्तनहरू आउने गर्दछ । यस्तो अवस्थामा गर्भवती महिलालाई चिसो र खोकी लाग्ने गर्दछ ।  

गर्भावस्थामा खोकी लाग्ने यस्ता छन् कारणहरू । 

कम प्रतिरोध क्षमता, चिसो चिजहरू धेरै खाएमा, भाइरलको संक्रमणका भएमा, चिसो वा फ्लूका कारण, प्रदुषित हावापानी वा धुम्रपान गरेमा वा दम वा टीबी लागेमा गर्भावस्थामा खोकी लाग्न सक्छ । 

गर्भावस्थामा खोकी लागेमा यस्ता छन् घरेलु उपाय 

बेसार 

गर्भावस्थामा खोकी लागे एक गिलास दुधमा एक चम्चा बेसार राखेर पिउदा आराम मिल्छ । 

तुलसी वा पुदिना 

५–७ वटा तुलसी वा पुदिनाको पातलाई एक गिलास पानी राखेर उमाल्ने र तातो तातो पिउने यसो गर्दा खोकी हराएर जान्छ । 

अदुवा 

एक चम्चा अदुवाको रसमा एक चम्चा मह राखेर पिउने । यसो गर्दा खोकीमा आराम मिल्छ । 

पानी 

तातो पानीमा नुन राखेर पिउने । चिसो पानी नपिउने । 

कागती 

तातो पानीमा कागती र मह मिक्स् गरेर पिउने । यसो गर्दा खोकी हराएर जान्छ । 

आधा टुक्रा कागतीमा नुन र कालो मरिच राखेर मुखमा राखेर चुस्ने यसो गर्दा खोकी हाएर जान्छ ।