घरमा कमिला आएर हैरान हुनुहुन्छ ? यस्ता छन् छुटकारा पाउने घरेलु उपचार

घरमा कमिला आएर हैरान हुनुहुन्छ ? यस्ता छन् छुटकारा पाउने घरेलु उपचार

गर्मीको समयमा घर र बगैंचामा कमिलाहरू धेरै आउने गर्दछ । कमिलाहरू सामाजिक किरा हो जो मानव बस्तीमा बस्दछन्। कमिलाहरु बिभिन्न आकारका हुन्छन् । तिनीहरूको आकार तिनीहरूका प्रजातिहरूमा निर्भर हुन्छ । घरबाट कमिलालाई भगाउन धेरै गाह्रो हुन्छ।

कहिले काहीँ हामी कमिला भगाउन कीटनाशक रासायनिक पदार्थ प्रयोग गर्दछौं तर वातावरण र मानवका लागि यो हानिकारक हुन्छ । कमिलाहरूलाई नियन्त्रण गर्न केहि प्राकृतिक र गैर–विषाक्त तरिकाहरु पनि छन् । जुन निम्नानुसार छन् ।  

दालचीनी 

-एक कप पानीमा एक चौथाई दालचीनीको तेल मिक्स गर्ने र त्यस पानीमा केही कपास भिजाउने । कमिलाहरू धेरै आउने ठाउमा यो पानीले सफा गर्ने । यो प्रक्रिया तब सम्म गर्नुहोस् जबसम्म कमिला आउन छाड्छ । 

कागती

-कमिलाहरू भएको ठाउँमा लिम्बूको रस लगाएर सफा गर्ने यसो गर्दा कमिला भाग्छ । 

-कपास वा कपडामा केही थोपा कागतीको रस राखेर कमिला बस्ने ठाउमा राखिदिने यसो गर्दा कमिला भाग्छ ।

रातो खोर्सानी 

-कमिलाहरूको संक्रमण हुने ठाउँमा रेड चिली पाउडर छर्कीने यसो गर्दा कमिला भाग्छ । 

-समान मात्रामा रातो खोर्सानी र हल्दी पाउडर मिक्स गरेर पाउडर तयार गर्ने र यो पाउडरलाई कमिला आउने ठाउँमा राख्ने यसो गर्दा कमिला भाग्छ ।