सेती प्रयोगशालामा भएको परिक्षण थप १७ जनामा कोरोना पुष्टि

सेती प्रयोगशालामा भएको परिक्षण थप १७ जनामा कोरोना पुष्टि

धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा अस्पतालको प्रयोगशालामा १३७ जनाको नमूना परीक्षण गरिएकोमा १७ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा अस्पतालबाट ४ जना संक्रमित निको भएर घर फर्किएका छन् भने थप ३ जना भर्ना भएका छन्। हाल अस्पतालमा २० जना संक्रमित उपचाररत रहेका छन्। जसमध्ये ३ जनाको आइसियूमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ ।