मुलुकभर ३ हजार ८४० जनामा कोरोना पुष्टि, ३३ संक्रमितको मृत्यु

मुलुकभर ३ हजार ८४० जनामा कोरोना पुष्टि, ३३ संक्रमितको मृत्यु

लकडाउनको मोडालिटी परिवर्तन भएसँगै नेपालमा पुनः दैनिक कोरोना संक्रमितको संख्या तीब्र रुपमा बढ्न थालेको छ । मुलुकभर पछिल्लो २४ घण्टामा ३ हजार ८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ८०८ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा ३ हजार ८४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १० हजार ८८६ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा २ हजार ६३४ जना र ४ हजार ९२२ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय २०६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ९९३ जना संक्रमितहरु कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । साथै, मन्त्रालयका अनुसार ३३ जना संक्रमितको मृत्यु भएको छ ।