संसदिय व्यवस्था कि बैज्ञानिक समाजवाद जनमत संग्रह गरौं : ओम प्रकाश पुन

संसदिय व्यवस्था कि बैज्ञानिक समाजवाद जनमत संग्रह गरौं : ओम प्रकाश पुन

बझाङ । नेपाल कम्युनिष्ट पाटी विप्लव समुहका सेती महाकाली ईन्चार्ज ओम प्रकास पुनले आफूहरु निर्वाचनमा जान तयार रहेको बताएका छन । नेपाल कम्युनिष्ट पार्टी बझाङको पाँचौ पुर्ण बैठकलाई सम्बोधन गर्न बझाङ पुग्नु भएका पुनले पत्रकार सम्मेलनमा बोल्दै संसदिय व्यवस्था नै ठिक कि बैज्ञानिक समाजवाद भन्ने विषयमा जनमत संग्रहका लागी आफुहरु चुनावमा जान तयार रहेको बताएका छन ।

जनमत संग्रहबाट व्यवस्था छान्ने संसारकै उत्कृष्ट लोकतन्त्रिक अभ्यास भएकाले नेपाल कम्युनिष्ट पार्टी जनमत संग्रहको माध्यमबाट व्यवस्था छान्न तयार रहेको बताए । उनले भने माओवादी केन्द्रका पछिल्ला गतिविधिहरुलाई केलाएर हेर्दा समाजवाद तर्फ नभई पुजिँवाद तर्फ धकेलिएको छ । नेपाली काँग्रेस भित्र प्रजातान्त्रीक समाजवाद र एमाले भित्र जनताको समाजवादको आवाज उठन थालेको छ ।

काँग्रेस र एमाले भित्र पनि समाजवादको पक्षमा आवाज उठन थालेकाले चाँडै नै संसदिय व्यवस्थाकि समाजवाद भनेर जनमत संग्रह गर्नु पर्ने आवश्यक देखिएको छ । जनमत संग्रह गर्दा असफल भए के हुने भन्ने प्रश्नमा उनले नर्दिलीय पञ्चायत वा बहुदल भन्ने विषयमा २०३६ मा जनमत संग्रह गराइएको जनमत संग्रह पञ्चायती व्यवस्थाविरुद्धको जनआक्रोशलाई मत्थर बनाउने र पुरानै व्यवस्थाको निरन्तरताका लागि थियो ।

त्यो बेलाबो जनमत संग्रह निर्दलीय पञ्चायतलाई नै विजय गराउने उद्देश्यले षडयन्त्रमुलक तवरले गराइएको थियो । अहिले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले ल्याएको जनमत संग्रहको प्रस्ताव मुख्यतः व्यवस्था छान्ने अधिकारसँग सम्बन्धित छ त्यसैले सफल हुने उनको दावी छ ।

०६२÷०६३ को जनआन्दोलन पछि गणतन्त्रको नाममा फेरि संसदीय व्यवस्थाको लादिएकाले षड्यन्त्रपूर्वक लादिएको संसदीय व्यवस्थाको असफलता, पतन र संकट आज आएर प्रमाणित भइसकेको छ । त्यसैले संसदिय व्यवस्था नै ठिक कि बैज्ञानिक समाजवाद भन्ने विषयमा जनमत संग्रह हुनु आजको आवश्यकता हो । संसदिय व्यवस्थाले देशको विकास गर्न तिर नभई एकले अर्कोलाई सिध्याउनमा आफ्नो शक्ति खर्च गरिरहका छन । जस्को परिणाम दिनदिनै हुने सरकार परिवर्तन हो ।

संसद विघटन हो । प्रचण्डले आफ्नो सम्पूर्ण शक्ति केपी ओलीलाई सिध्याउन लगायो केपी ओलीले पनि भए भरको शक्ति प्रचण्डलाई सिध्याउनका लगाए । देश विकासका लागि लगाउनुुपर्ने शक्ति वा उर्जा दलिय झगडामा खर्च भएपछि कसरी संसदिय व्यवस्थालाई राम्रो भन्ने । हामी अघि सारेको वैज्ञानिक समाजवादमा सरकार प्रमुख प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्री हो ।

उनले भने तपाईहरुले सुन्नु भएकै होला कमरेड प्रचण्डले मैले धेरैलाई प्रधानमन्त्री बनाए भनेर भनेको । सरकार प्रमुख जनताले बनाउने कि एकआध नेताले ? अहिलेको व्यवस्थाले नेताहरुलाई लडाउँछ । लोकतान्त्रिक विधीमा प्रधानमन्त्री बन्नलाई बहुमत प्राप्त दललाई फुटाएर, आपसमा लडाएर सत्ता र स्वार्थका लागि जे पनि गर्ने परिपाटी लोकतन्त्र हुनुसक्दैन ।