दैलेखमा हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार

दैलेखमा हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार

नेपाली सेनाको हेलिकोप्टरमार्फत दैलेखबाट एक सुत्केरी महिलाको उद्धार गरिएको छ । आठबिस नगरपालिका–९ को दुर्गम गाउँ छेपाडीकी २५ वर्षीया जुना विकको हेलिकोप्टरबाट उद्धार गरेर सुर्खेत ल्याइएको हो । 

मंगलबार दिउँसो घरमा सामान्य अवस्थामा सुत्केरी भएकी बिकको अत्यधिक रक्तश्राव भएपछि थप उपचारका लागि सुर्खेत ल्याएइएको हो ।
मंगलबार दिउँसो ४ बजेदेखि अत्यधिक रक्तस्राव भएर सिकिस्त बनेकी जुनाको बुधबार बिहान १० बजेतिर उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेल बताए ।