आजै मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्रीको तयारी

आजै मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्रीको तयारी

प्रधानमन्त्री शेरबहादुर देउवाले  आज  मन्त्रिपरिषद् विस्तारको तयारी थालेका छन्।  गठबन्धनका सबै पक्षसँग  छलफल गरी प्रधानमन्त्री देउवाले आजै सपथ समेत गराउने तयारी गरेको उनीनिकट एक नेताले बताए।  

सबै पक्षले नाम दिएमा आजै सपथ हुने बताउँदै ती नेताले भने, ‘केही कारण आज हुन नसकेमा भोलि (शुक्रबार) सपथ हुनेछ।’ 

आजै सत्तासाझेदार गठबन्धनको बैठकले मन्त्रीको टुंगो लगाउने तयारी गरेको छ भने साझेदार अन्य दलले पनि आजै नाम टुंगो लगाउने जनाएका छन्।