बागलुङका ६५ जनामा कोरोना संक्रमण

बागलुङका ६५ जनामा कोरोना संक्रमण

बागलुङ जिल्लामा पछिल्लो २४ घण्टामा ६५ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । सबैभन्दा धेरै बागलुङ नगरपालिकामा ४१ जना र बरेङ गाउँपालिकामा ६ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय बागलुङका अनुसार पछिल्लो पिसिआर परीक्षणमा बागलुङ नगरपालिकामा ४१ जना, ढोरपाटन नगरपालिकामा १, जैमिनी नगरपालिकामा २, काठेखोला गाउँपालिकामा ३ र अन्यमा ३ जनाका कोभिड–१९ संक्रमण पुष्टि भएको हो ।

एन्टिजेन परीक्षण गर्दा बरेङमा ६, ढोरपाटन नगरपालिकामा ३, गलकोट नगरपालिकामा २, ताराखोला गाउँपालिकामा २ र तमानखोला गाउँपालिकामा १ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको बताइएको छ ।

हालै उपचाररत संक्रमितमध्ये ६ जना डिस्चार्ज भएका छन् । जिल्लामा ३ सय ३५ जना कोरोना संक्रमित अझै होम आइशोलेसनमा रहेको जानकारी समेत दिइएको छ ।