डोटी । डोटीको झिमिमालिका माध्यमिक विद्यालयमा छात्रवृत्ति अक्षयकोष स्थापनाका लागि सहयोग रकम हस्तान्तरण गरिएको छ । जिल्लाको के.आई.सिंह गाउँपालिका ४ स्थित उक्त विद्यालयमा धर्माहिरानाथ योगी स्मृति छात्रवृत्ति अक्षयकोष स्थापनाका लागि २५ हजार पाँच सय ५५ रुपैंया सहयोग गरिएको हो ।
हिरानाथ योगी स्मृति प्रतिष्ठानको चौथो चरणको कार्यक्रम अन्तर्गत झिमिमालिका माध्यमिक विद्यालयमा २५ हजार बराबरको छात्रवृत्ति अक्षयकोष स्थापना गरिएको हो । उक्त रकम प्रतिष्ठानका अध्यक्ष भोजनाथ योगीले विद्यालय व्यवस्थापन समितीका अध्यक्ष वीर खड्का र प्रअ नर बहादुर कार्कीलाई हस्तान्तरण गरिएको हो ।
छात्रवृत्ति अक्षयकोष स्थापनाका लागि सहयोग गरेको रकम बुझ्दै विद्यालय व्यवस्थापन समितीका अध्यक्ष खड्काले हिरानाथ योगी स्मृति प्रतिष्ठानलाई धन्यवाद ज्ञापन गरे । उक्त रकमले जेहनदार र आर्थिक अभाव भएका विद्यार्थीलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
सो रकम हस्तान्तरण कार्यक्रममा के।आई।सिंह गाउँपालिकाकी उपाध्यक्ष मिना बिष्टको प्रमुख आतिथ्यता रहेको थियो ।