सुरक्षा/अपराध नेपालमा दैनिक १९ जनाले गर्छन् आत्महत्या

सुरक्षा/अपराध      नेपालमा दैनिक १९ जनाले गर्छन् आत्महत्या

नेपालमा आत्महत्या दर १४ प्रतिशत भन्दा धेरैले बढेको पाइएको छ। प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७र७८ मा आत्महत्याको दर १४।४ प्रतिशतले बढेको हो। 
प्रहरी प्रधान कार्यालयले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार यस आर्थिक वर्षमा मात्रै ७ हजार १ सय १७ जनाले आत्महत्या गरेका छन्। जबकी आर्थिक वर्ष २०७६र७७ मा ६ हजार २ सय ३१ जनाले आत्महत्या गरेका थिए। आर्थिक वर्ष २०७६।७७ को तुलनामा आर्थिक वर्ष २०७७।७८ मा १४।४ प्रतिशत आत्महत्याको दर बढेको हो।