सेती प्रयोगशालामा भएको परीक्षणमा थप २८ जनामा कोरोना पुष्टि

सेती प्रयोगशालामा भएको परीक्षणमा थप २८ जनामा कोरोना पुष्टि

धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा थप २८ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा अस्पतालको प्रयोगशालामा १२१ जनाको नमूना परीक्षण गरिएकोमा २८ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।

सूचना अधिकारी श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा अस्पतालबाट ५ जना संक्रमित निको भएर घर फर्किएका छन् भने थप ६ जना भर्ना भएका छन्। हाल अस्पतालमा २१ जना संक्रमित उपचाररत रहेका छन्। जसमध्ये ४ जनाको आइसियूमा राखेर उपचार भइरहेको छ।