कैलालीको अदालतबाट एक अभियुक्त फरार

कैलालीको अदालतबाट एक अभियुक्त फरार

कैलालीको जिल्ला अदालत परिसरबाट मंगलवार एक अभियुक्त फरार भएका छन् । फरार हुनेमा कैलालीको लम्कीका दिल्प दमाई रहेको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय लम्कीले सोमबार दमाईलाई पक्राउ गरी प्रहरी नायव निरिक्षक जनक सिहको नेतृत्वमा म्याद थपका लागि जिल्ला अदालय ल्याईएको थियो ।

हतकडी  लगाएकै अवस्थामा दमाई  फरार भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । अहिले  दमाईको खोजी तिव्र पारिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरिक्षक आभुषण तिमिल्सेनाले जानकारी दिनुभयो ।