तीन करोड ८७ लाख थान सिम कार्ड जारी, इन्टरनेटका ग्राहक दुई करोड ७७ लाख

तीन करोड ८७ लाख थान सिम कार्ड जारी, इन्टरनेटका ग्राहक दुई करोड ७७ लाख

नेपालमा अहिलेसम्म तीन करोड ८७ लाख थान सिम कार्ड जारी भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणको तथ्याङ्कअनुसार जेठ महिनासम्म कुल तीन करोड ८७ लाख १७ हजार आठ सय थान सिम कार्ड जारी भएका छन् । 

नेपाल टेलिकमबाट एक करोड ९७ लाख, एनसेलबाट एक करोड ६३ लाख र स्मार्ट सेलबाट २३ लाख ३३ हजार सिम जारी भएका छन् ।   

ल्यान्ड लाइनसहित नेपाल टेलिकमका ग्राहक दुई करोड आठ लाख रहेका छन् । समग्रमा भ्वाइस सेवातर्फ तीन करोड ९५ लाख ५२ हजार सेवाग्राही रहेको र याे कुल जनसङ्ख्याको झन्डै एक सय ३१ प्रतिशत हुने दूरसञ्चार प्राधिकरणले जनाएको छ । 

यस्तै इन्टरनेटका ग्राहक पनि दुई करोड ७७ लाख पुगेका छन् । यसमध्ये दुई करोड १२ लाख ग्राहक मोबाइल इन्टरनेटका रहेका छन् भने ६४ लाख १९ हजार ग्राहक इन्टरनेट सेवा प्रदायकका आईएसपीका रहेका छन् । मोबाइल इन्टरनेटतर्फ फोर जी सेवाका ग्राहक ७६ लाख ६४ हजार रहेका छन् ।