कोरोना फैलिने क्रम जारी

कोरोना फैलिने क्रम जारी

विश्व स्वास्थ्य संगठन डब्लुएचओ०ले विश्वमा हरेक हप्ता झण्डै ८ प्रतिशतको दरले कोरोना संक्रमण बढीरहेको जनाएको छ ।

यही जुलाई १७ देखि २५ सम्मको अवधिमा अघिल्लो हप्ताको तुलनामा ८ प्रतिशतले संक्रमण बढेको देखिएको छ ।

कतिपय क्षेत्रमा संक्रमितको संख्यामा ३० प्रतिशतसम्म वृद्धि भएको डब्लुएचओले जनाएको छ । अघिल्लो हप्ताको तुलनामा गत हप्ता मृतकको संख्या पनि बढेको छ ।

डब्लुएचओले विश्वका १३२ देशमा कोरोना भाइरसको डेल्टा भेरियन्ट फैलिएको पनि जानकारी दिएको छ ।

संक्रमितहरुको कुल संख्याका आधारमा अमेरिका सबैभन्दा अगाडि रहेको छ भने भारत, ब्राजिल, रुस, फ्रान्स, बेलायतलगायतका देशहरुमा संक्रमितको संख्या बढिरहेको छ ।

क्रमका लागि २० हजार भन्दा बढीले आवेदन दिएको समाचारमा जनाइएको छ ।