खोप लगाउनेलाई प्रतिव्यक्ति १०० डलर दिन बाइडेनको आग्रह

खोप लगाउनेलाई प्रतिव्यक्ति १०० डलर दिन बाइडेनको आग्रह

अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोनाविरुद्धको खोप लगाउन व्यक्तिलाई १०० अमेरिकी डलर दिन आग्रह गरेका छन्। बाइडेनले खोप लगाउन प्रेरित गर्नका लागि राज्य र स्थानीय सरकारलाई उक्त रकम उपलब्ध गराउन आग्रह गरेका हुन्।

बिहीवार ह्वाइट हाउसबाट बाइडेनले अमेरिकी रेस्क्यु प्लानको रकम यसमा खर्च गर्न आग्रह गरेका हुन्। डेल्टा भेरियन्टको संक्रमणदर अमेरिकामा तीव्र रुपले फैलन थालेपछि बाइडेनले खोप लगाउन आनाकानी गर्नेहरुका लागि नयाँ कार्यक्रम तय गरेका हुन्। अमेरिकामा कतिपयले खोप लगाउन आनाकानी गरिरहेको बताइएको छ।