बाढी पूर्वानुमान महाशाखाले शुक्रवार देशका विभिन्न नदीमा बाढीको खतरा रहेको जनाएको छ ।
शुक्रवार बिहान प्रकाशित बाढी पूर्वानुमान बुलेटिन अनुसार १ नम्बर प्रदेशका ईलाम, झापा र मोरङ, बागमती प्रदेशका दोलखा, रामेछाप, सिन्धुपाल्चोक, सिन्धुली, रसुवा, धादिङ, मकवानपुर, गण्डकी प्रदेशका गोरखा, लमजुङ, बागलुङ, कास्की, तनहुँ र स्याङ्जा लगायत जिल्लाका साना नदीमा बहाव बढ्ने जनाइएको छ ।
महाशाखाले भनेको छ, ‘कन्काई, कमला, बागमतीमा बहाव बढ्नेस कोशी, नारायणी, कर्णाली , महाकाली र यिनका सहायक नदीहरू तथा पूर्वी राप्ती, तिनाउ, पश्चिम राप्ती, बबई लगायतमा बहाब सामान्य घटबढ हुने तथा सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ ।’