सीसीएमसीको बैठक बस्दै, कोरोना भाइरस नियन्त्रण गर्न रणनीति बनाउने तयारी

सीसीएमसीको बैठक बस्दै, कोरोना भाइरस नियन्त्रण गर्न रणनीति बनाउने तयारी

जारी निषेधाज्ञा खुकुलो पारिएसँगै कोरोना संक्रमितको संख्यामा वृद्धि भएपछि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीको बैठक बस्ने भएको छ । बैठक आज अपरान्ह ४ बजे सिंहदरबारमा बस्ने बताइएको छ ।

उक्त बैठकमा कोरोना संक्रमणको हालको स्थिति र रोकथामका बारेमा छलफल हुने बताइएको छ । संक्रमितको संख्यामा कमि आएपछि केही समयअघि खुकुलो पारिएको निषेधाज्ञा आजको बैठकले भने फेरि कडा बनाउने देखिएको छ ।