देवः विकास बैंक शेयरधनीलाई १७.१० प्रतिशत बोनस शेयर प्रदान गर्ने

देवः विकास बैंक शेयरधनीलाई १७.१० प्रतिशत बोनस शेयर प्रदान गर्ने

काठमाण्डौ । देवः विकास बैंकको एघारौं वार्षिक साधारण बुधवार सम्पन्न भएको छ ।  साधारणसभाले आ.व. २०७३/७४ को मुनाफाबाट बैंकका शेयरधनीहरुलाई वितरण गरिने गरी तत्कालिन चुक्ता पूँजीको १७.१० प्रतिशत बोनस शेयर प्रदान गर्ने तथा कर प्रयोजनका लागि ०.९० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतीबाट पारित गरेको छ  ।


साथै सभामा देवः विकास बैंकले आगामी आर्थीक वर्षमा वेस्टर्न डेभलपमेण्ट बैंक लाई प्राप्ति गर्ने समझदारी सम्पन्न भएको जानकारी समेत गराइएको थियो । बैकं संचालक समितिका अध्यक्ष प्रा.डा. सुवर्ण लाल बज्राचार्यको अध्यक्षतामा साधारणसभा काठमाडौमा सम्पन्न भएको हो ।