५ वर्षीय छोरा हत्या आरोपमा बुवा र आमा पक्राउ

५ वर्षीय छोरा हत्या आरोपमा बुवा र आमा पक्राउ

महोत्तरीमा ५ वर्षीय छोराको हत्या गरेको आरोपमा बुवा र सौतेनी आमा पक्राउ परेका छन्।

रामगोपालपुर नगरपालिका ६ विश्वम्भर बस्ने चन्द्र किशोर यादव र कान्छी आमा रागनी देवीलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुले आफ्नै ५ वर्षीय छोरा रितेश यादवको हत्या गरेको आरोपमा पक्राउ गरिएको हो।

पक्राउ परेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय ल्याउने काम भइ रहेको बताउँदै  घटनाको बिषयमा थप अनुसन्धान भइरहेको बताए।