आवश्यक तयारी गरी विद्यालय सञ्चालन गर्न माग

आवश्यक तयारी गरी विद्यालय सञ्चालन गर्न माग

शिक्षाक्षेत्रका सम्बद्ध व्यक्तिहरुले आवश्यक तयारी गरी विद्यालय सञ्चालन गर्नुपर्ने बताएका छन्।  शैक्षिक संस्था सञ्चालनका विषयमा विषयविज्ञ र सम्बद्ध निकायसँग कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी०ले गरेको छलफलमा सहभागीले विद्यालय सञ्चाल गर्नुपर्ने बताएका हुन्। 

सीसीएमसीका संयोजक बालानन्द शर्माको अध्यक्षतामा बसेको बैठकमा शिक्षासम्बन्धी संस्था, विषयविज्ञ र सम्बद्ध निकायका प्रतिनिधि सहभागी थिए।

बैठकमा शैक्षिक संस्था बन्द गरेर मात्रै समस्या समाधान नहुने भएकाले भौगोलिक परिस्थिति, संक्रमणको अवस्था हेरेर स्थानीय निकायलाई नै शैक्षिक संस्था खोल्ने विषयमा निर्णयको अधिकार दिनुपर्ने सुझाव शैक्षिक संस्थाका प्रतिनिधिहरूले दिएका थिए। 

अनलाइन कक्षाले मात्रै मुलुकका सबै विद्यार्थीलाई समेट्न नसक्ने भएकाले विद्यार्थीको सङ्ख्या, सङ्क्रमणको अवस्थासमेत ख्यालमा राख्दै विद्यालय खोल्न दिनुपर्ने धारणा सहभागीको थियो।