धनगढीका शिक्षकहरुद्धारा उपमहानगरपालिकामै रिले अनसन

धनगढीका शिक्षकहरुद्धारा उपमहानगरपालिकामै रिले अनसन

धनगढी । धनगढी उपमहानगरपालिकाका शिक्षकहरु उपमहानगरपालिकाको कार्यालयमा रिले अनसन बसेका छन । आफ्ना विभिन्न मागहरु सम्बोधन नभएको भन्दै शिक्षकहरु उपमहानगरपालिकामा रिले अनसन बसेका हुन । 

शिक्षक व्यवस्थापन गर्नुपर्ने, बालबिकासको तलब संघिय सरकारले दिनुपर्ने, विद्यार्थीलाई खोप लगाउनुपर्ने लगायतका माग सम्बोधन नभएपछि आफूहरु आन्दोलित हुनु परेको आन्दोलन परिचालन समिति संयोजक तिर्थराज पाण्डेयले बताए ।

यस्तै सबै शिक्षक र विद्यार्थीहरुलाई कोरोना भाइरसविरुद्धको खोप दिनुपर्ने माग गरिएको छ। विभिन्न मागहरु राख्दै शिक्षकहरु विगत केही महिनादेखि आन्दोलनरत छन ।