यूएमएद्धारा सुदूरपश्चिम सरकारलाई कोभिड सामाग्री हस्तान्तरण

यूएमएद्धारा सुदूरपश्चिम सरकारलाई कोभिड सामाग्री हस्तान्तरण

धनगढी । यूनाईटेड मिसन टु नेपाल डोटी कलस्टरले सुदूरपश्चिम सरकारलाई १९ लाख बढीको कोभिड सामाग्री हस्तान्तरण गरेको छ ।

शुक्रवार एक कार्यक्रमका बिच प्रदेशको सामाजिक विकास मन्त्रालयलाई १९ लाख ४५ हजार हजार ४ सय ५५ रुपैयाँको कोभिड सामाग्री हस्तान्तरण गरिएको हो ।

कोरोना सँग जुध्न र रोकथाम गर्न यी सामाग्रीले प्रदेश सरकारलाई थप सहज होस भन्ने उद्देश्यले आइसिप्याप मेसिन २ थान, चिल्र्डेन मास्क १४ हजार ५ सय थान, एन्टीजेन टेस्ट किट एसडि ब्लोसेन्सर १८ सय पिस, र एन्टीजेन टेस्ट किट स्यूर स्ट्याटस कम्पनीको ७ सय पिस सामाजिक विकास मन्त्री लाल बहादुर खड्कालाई हस्तान्तरण गरेको यूनाईटेड मिसन टु नेपाल डोटी कलस्टरका प्रमुख विशाल बाबु श्रेष्ठले बताए ।

यी स्वास्थ्य सामाग्रीले प्रदेश सरकारलाई थप सहयोग पुग्ने भन्दै सामाजिक मन्त्री खड्काले यूनाईटेड मिसन टु नेपाललाई धन्यावाद आभार व्यक्त गरे । यूएमएनले यस अघि पनि कोरोनाको पहिलो चरणमा विभिन्न सङ्घसंस्थालाई ७५ लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको जनाएको छ ।

सन् २००८ देखि स्थानीय सरकारसँगको समन्वय तथा सहकार्य र स्थानीय गैरसरकारी संस्थाहरू सँगको साझेदारीमा विभिन्न समुदाय विकासका परियोजनाहरूको साथै विपद् र प्रकोप व्यवस्थापन कार्यक्रम सञ्चालन गर्दै आइरहेको यूएमएले जनाएको छ ।