सुनको मूल्य ५ सयले बढ्यो, तोलामा कति पुग्यो ?

सुनको मूल्य ५ सयले बढ्यो, तोलामा कति पुग्यो ?

शुक्रबार नेपाली बजारमा सुनको मूल्य ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा आज सुन प्रतितोला ३०० रुपैयाँले बढेर ९२ हजार ९०० रुपैयाँ कायम भएको हो ।

बिहीबार बजारमा छापावाला सुन पनि प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार आज तेजाबी सुनको मूल्य समेत प्रतितोला ५०० रुपैयाँले बढ्दै ९२ हजार ४०० रुपैयाँ कायम भएको छ।

यता चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला चाँदी १ हजार २ सय ७० रहेको थियो । भने आज मूल्य बढि प्रतितोला १२ सय ८५ रुपैयाँ मूल्य कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।