अतिरिक्त कमाई नहुने भन्दै कर्मचारीको रोजाइमै पर्दैन घरेलु कार्यालय

अतिरिक्त कमाई नहुने भन्दै कर्मचारीको रोजाइमै पर्दैन घरेलु कार्यालय

महेन्द्रनगर ।अतिरिक्त कमाई नहुने भन्दै घरेलु तथा साना उद्योग कार्यालय कञ्चनपुर कार्यालय प्रमुख बिहिन बनेको छ। कार्यालय प्रमुखले आफ्नो अतिरिक्त कमाई कति हुन्छ त्यसको लेखाजोखा नगरी कार्यालय आउन नमान्दा कार्यालय प्रमुख बिहिन बनेको हो । करिब एक बर्षदेखि घरेलु तथा साना उद्योग कार्यालय कार्यालय प्रमुख बिहिन बनेको हो । कार्यालय प्रमुखको अधिकृत आठौँ तहको दरबन्दी भएपनि कार्यालय प्रमुखका लागि कुनैपनि कर्मचारी आउँन मानेका छैनन। । सेवाग्राहीबाट अतिरिक्त कमाई नहुने झन्झटिलो, मानसिक तनाव भन्दै सो स्तरका कर्मचारी आउन नमानेपछि कार्यालयको कामकाज नै पुर्ण रुपमा प्रभावित भएको छ । गत ०७७ असोजमा मोहनचन्द्र जोशीको एक सेवाग्राहीसंग विवाद भएपछि सरुवा भएको थियो । पहुँचवाला एक ठूला उद्योगीले गैर कानुनी काम गर्न दवाव दिएसगै विवाद भएपछि जोशीको सरुवा भएको थियो । तर  कुन उद्योगसंग विवाद भएको हो त्यसबारे निमित्त कार्यालय प्रमुख धर्नानन्द जोशीले मुख खोल्न मानेनन । तत्तकालिन कार्यालय प्रमुख जोशीको सरुवासंगै डिभिजन वन कार्यालयबाट मुख्यमन्त्री कार्यालयले तीन महिनाका लागि तलब खुवाउनका लागि मात्रै काजमा हेमन्त बहादुर सिहलाई खटाईएको थियो । ‘तीन महिनापछि पुन सिंह आफ्नै कार्यालयमा फर्किए, ‘अहिलेका निमित्त कार्यालय प्रमुख भट्टले भने, ‘मलाई माघदेखि निमित्त दियो, फागुनमा आएर अख्तियारी दिएको छ, कार्यालयमा ठूलो चाप छ, काम गर्न समस्या भयो, बुझिदिने कसले ।’ छैटौँ तहका भट्टलाई निमित्त कार्यालय प्रमुखको जिम्मेबारी दिएको अढाई महिनापछि लकडाउन भएसंगै गत बर्ष आएका योजना समेत कार्यान्वयन भएका छैनन । तालिम बाहेक अन्य अनुदान वितरणका योजना मात्रै कार्यान्वयन भएका छन । ‘तीन महिनाका लागि आएको सिलाईकटाई तालिम शुरु गरेको १० दिनमै लकडाउन भयो, ‘निमित्त प्रमुख भट्टले भने, ‘बाँकी तालिम त शुरुवात समेत गर्न सकिएन ।’ चार उद्योगले ५ लाखका दरले अनुदान पाएका छन। कार्यालयको लार्पबाहीले सीपबिहिन नागरिकका लागि आएको तालिम संचालन गर्न नसकेपछि सयौँ नागरिक तालिमबाट बञ्चित भएका छन । गत बर्षसम्म मेट्पा कार्यक्रम मार्फत तालिम संचालन भएकाले कार्यालयमा कामकाज गर्न सहज भएको थियो । प्रदेशले समेत तोकेरै आफन्त भर्ना गर्ने र त्यस्ता कर्मचारी शक्ति पहुँचका भरमा काम नगर्ने भएकाले कर्मचारी संचालनमा समेत समस्या भएको छ । काम गर्दै आएका कर्मचारी आफुखुसी राख्ने हटाउने प्रवृतिले समेत घरेलु कार्यालय अस्तव्यस्त भएको छ । ‘ कार्यालय प्रमुखको पदपूर्तिका लागि पटक पटक मुख्यमन्त्री र मन्त्रालय सहित मन्त्री ज्यूलाई समेत आग्रह गर्दा प्रदेशबाट नपठाएको निमित्त प्रमुख भट्टले बताए।, ‘उनले भने, ‘यहाँ कामको चापले हामीलाई हम्मेहम्मे भएको छ, दैनिक औषतमा ५० सम्म सेवाग्राही आउँछन ।’ निमित्त प्रमुख भट्टले नागरिकसंग प्रत्यक्ष सरोकार राख्ने कार्यालय भएकाले प्रमुख आउँन नमान्ने बताउँदै उनले मानसिक दुःख लिन नचाहेको बताए । यो मानसिक दुख भनेको सेवाग्राहीबाट अनुचित लाभ हो त ? भन्ने प्रश्नमा उनले होईन होईन भन्दै जवाफ दिएका थिए । राष्ट्रसेवक कर्मचारी भईसकेपछि नागरिकका पीडा नै नसुन्ने र नागरिकले राखेका दुखेसोलाई मानसिक तनाव लिने कर्मचारीबाट नागरिकले कस्तो सेवा पाउछन् सजिलै अनुमान गर्न सकिन्छ । गत बर्ष कार्यालयले १ करोड १७ लाख ८८ हजार ४५ रुपैया राजस्व संकलन गरेको थियो । दरबन्दी अनुरुप कर्मचारीको पदपूर्ति भएमा कार्यालयको काम गुणस्तरीय हुने र कर्मचारीलाई समेत सहज हुनेछ । यसरी अतिरिक्त कमाई नहुने भन्दै कार्यालयमा कर्मचारी नै आउन नमान्नु नागरिकका लागि दु:खद कुरा हो ।