२०४८ सालमा दार्चुलाबाट प्रतिनिधि सभामा निर्वाचित अकवर बहादुर सिंहको ९० बर्षको उमेरमा निधन

२०४८ सालमा दार्चुलाबाट प्रतिनिधि सभामा निर्वाचित अकवर बहादुर सिंहको ९० बर्षको उमेरमा निधन

सुदूरपश्चिमको दार्चुलाबाट २०४८ सालको प्रतिनिधि सभामा निर्बाचित अवकर बहादुर सिंहको ९० वर्षको आज निधन भएको छ । देशभरीमा राप्रपा९थापा० बाट प्रतिनिधि सभामा निर्बाचित हुने सिंह एक्ला व्यक्ति थिए ।

सुदूरपश्चिमका १९ वटा निर्बाक्षेत्र क्षेत्र मध्ये १८ स्थानमा नेपाली काँग्रेसले बिजय हात पारेको थियो । दार्चुलाको क्षेत्र नम्बर १ बाट दिलेन्द्र प्रसाद बडुले चुनाव जितेका थिए । सिंह क्षेत्र नम्बर २ बाट निर्बाचित भए ।

प्रजातन्त्रको पुनस्र्थापना भएको प्रतिनिधि सभाको पहिलो निर्बाचनमा राप्रपा चन्दका तर्फबाट भने चार जनाले चुनाव जितेका थिए ।

सिंहको निधनपछि दार्चुलाका बिभिन्न दलका नेताहरु, सुदूरपश्चिम प्रदेश सरकारका वन,वातावरण, उद्योग तथा पर्यटन मन्त्री मान बहादुर धामीले दुःख व्यक्त गरेका छन् ।