कर्णाली नदीमा खसेको गाडी फेला , वेपत्ता दुई जना अझै अज्ञात

कर्णाली नदीमा खसेको गाडी फेला , वेपत्ता दुई जना अझै अज्ञात

कर्णाली नदीमा खसेको बा ११ च ९३८ नम्बर गाडी भेटिएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार साढे १२ बजेको समयमा कर्णाली नदीमा खसेको गाडी फेला परे पनि वेपत्ता परेका दुई जना भने अझै अज्ञात रहेको कैलाली प्रहरीले जनाएको छ ।

नदीमा पानीको वहाव बढी भएका कारण गाडी निकाल्न समस्या भइरहेको कैलाली प्रहरी प्रमुख एसपी विश्व अधिकारीले बताए। अहिले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी उक्त गाडी निकाल्ने खटिएका छन्। बेपत्ता दम्पतीको खोजी कार्य सशस्त्र प्रहरीको गोताखोर टिमले गरिरहेको छ।

नेपालगञ्जबाट उपचार गरेर घर फर्किएका उनीहरु कुईने घुम्न जादै गर्दा उनीहरु चढेको स्कारपियो मोहन्याल गाँउपालिकाको बाँकामा सडकबाट करीव ३ किमी उत्तरस्थित सडकखण्डबाट तीन सय मिटर तल कर्णाली नदीमा खसेको हो ।

स्कारपियोमा डोटीको आर्दश गाँउपालिकाका चन्द्र जोशी,रुपी जोशी,लक्ष्मी जोशी,भुवन जोशी, र सावित्री जोशी सो स्कारपियोमा सवार रहेको जिल्ला प्रहरी कार्यालय कैलाली जानकारी दिए । स्कारपियो नदीमा खस्दा चन्द्र जोशी,रुपी जोशी वेपत्ता भएका छन् भने तीन बालबालीकाको अवस्था जटिल रहेकोले तीनै जनालाई नेपालगञ्ज लगिएको जनाएको छ ।