कैलालीको कान्द्रा नदीमा नुहाउने क्रममा २ बालिकाको डुबेर मृत्यु, एक बेपत्ता

कैलालीको कान्द्रा नदीमा नुहाउने क्रममा २ बालिकाको डुबेर मृत्यु, एक बेपत्ता

धनगढी । कैलालीको भजनी नगरपालिका-९ डोङपुर स्थित कान्द्रा नदीमा नुहाउने क्रममा २ जना बालबालिकाको मृत्यु भएको छ भने १ जना बेपत्ता भएका छन ।

मृत्यु हुनेमा सोही ठाउँका धन बहादुर सिंहका ९ बर्षिया छोरी लक्ष्मी सिंह, रामफल चौधरीका ७ बर्षिया छोरी जेनी चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए ।

उनले बेपत्ता ६ बर्षिया अनु सिंहको खोजी भैरहेको बताए ।  बेपत्ता अनु पनि धन बहादुर सिंहकै छोरी रहेको बुझिएको छ । घर नजिकै रहेको कान्द्रा नदिमा नुहाउने क्रममा साझ ४स्३० बजेतिर उक्त घटना भएको प्रहरी उपरीक्षक अधिकारीले बताए ।