धनगढीमा कोरोनाको खोप लगाउने कार्य स्थगित

धनगढीमा कोरोनाको खोप लगाउने कार्य स्थगित

धनगढी । धनगढी उपमहानगरपालिकामा कोरोना बिरुद्धको खोप लगाउने कार्य स्थगित भएको छ ।

उपमहानगरपालिकाले आज एक सूचना सार्वजनिक गर्दै आफुलाई प्राप्त भेरोसेल खोपको मात्रा सकएकाले खोप लगाउने कार्य स्थगित गरिएको जनाएको छ ।

उपमहानगरपालिकाले यही १८ गतेदेखि पुन कोभिड बिरुद्धको अमेरीकी जोन्सन खोप लगाइने उल्लेख गरेको छ ।