फेरि स्मार्ट लकडाउनमा जान सीसीएमसीलाई स्वास्थ्य मन्त्रालयले गर्यो सिफारिस

धनगढी खबर    

फेरि स्मार्ट लकडाउनमा जान सीसीएमसीलाई स्वास्थ्य मन्त्रालयले गर्यो सिफारिस
फाइल तस्विर

कोभिड-१९ संक्रमणको जोखिम बढेको भन्दै स्वास्थ्य मन्त्रालयले स्मार्ट लकडाउनको सिफारिस गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा आज बेलुका सिंहदरबारमा बसेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको बैठकमा स्वास्थ्य मन्त्रालयले स्मार्ट लकडाउनको प्रस्ताव पेश गरेको हो ।

बैठकपछि सञ्चारकर्मीसग कुरा गर्दै सीसीएमसी प्रवक्ता नूरहरि खतिवडाले स्मार्ट लकडाउनको प्रस्ताव भएको र अर्को बैठकमा टुंगोमा पुग्ने जानकारी दिए ।

उनका अनुसार संक्रमण दर, संक्रमण संख्या, अस्पतालमा पूर्वाधारको अवस्थाजस्ता सूचक हेरेर मुलुकलाई रेड, एम्बर, यल्लो र ग्रीन जोनमा विभाजित गर्ने तयारी भएको छ । सोहीअनुसार जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले सो ठाउँमा स्मार्ट लकडाउन गर्न सक्ने भएका छन् ।



शुक्रबार १५, साउन २०७८ ०९:३७ मा प्रकाशित

नेकपा एमाले भित्रको किचलोमा को बढी दोषी ?

Loading...

प्रतिकृया दिनुहोस