इङ्ग्ल्यान्डका क्रिकेट खेलाडी स्टोक्सद्वारा​ अनिश्चितकालका लागि विश्राम

इङ्ग्ल्यान्डका क्रिकेट खेलाडी स्टोक्सद्वारा​ अनिश्चितकालका लागि विश्राम

इङ्ग्ल्यान्डका क्रिकेट खेलाडी बेन स्टोक्सले अनिश्चितकालका लागि विश्राम लिने निर्णय गरेका छन् । स्टोक्सले आफ्नो मानसिक स्वास्थ्यलाई प्राथमिकता दिन र चोट लागेको देब्रे हातको औँलालाई आराम दिन विश्राम लिएको इङ्ग्ल्यान्ड क्रिकेट बोर्ड (ईसीबी)ले जनाएको छ ।

योसँगै स्टोक्सले भारतसँगको पाँच टेस्ट श्रृङ्खला पनि गुमाउने भएका छन् । भारत र इङ्ग्ल्यान्डबीचको पाँच टेस्ट श्रृङ्खलाको पहिलो खेल चार अगष्टमा सुरु हुनेछ।स्टोक्सको कप्तानीमा इङ्ग्ल्यान्डको दोस्रो रोजाइको टोलीले पाकिस्तानसँगको तीन खेलको एक दिवसीय श्रृङ्खलामा क्लिन 'स्वीप' गरेको थियो ।

स्टोक्स अक्टोबर/नोभेम्बरमा हुने टी–२० विश्वकपमा फर्कने अनुमान छ।