दार्चुलामा विद्युतको माग गर्दै स्थानीय आन्दोलित

दार्चुलामा विद्युतको माग गर्दै स्थानीय आन्दोलित

दार्चुला । दार्चुलामा विद्युतको माग गर्दै स्थानीयहरु आन्दोलित बनेका छन् । जिल्लाकोे मालिकार्जुन गाउँपालिको वडा नम्बर ३ का स्थानियहरुले बजार क्षेत्र र ग्रामीण क्षेत्रमा विद्युतीकरण हुनुपर्ने माग गर्दै शनिबार  यातायात समेत बन्द गरेका हुन् ।

बिहान ७ बजेदेखि आन्दोलनकारीहरुले महाकाली राजमार्गमा यातायात समेत बन्द गरेको स्थानिय गणेश धामीले बताए । विद्युत प्राधिकरण बाट प्रतिनिधी आएपछि छलपल गर्ने र माग  सम्बोधन नभए थप आन्दोलनका कार्यक्रमहरु तय गर्ने स्थानीहरुले चेतावनी दिएका छन् ।