दार्चुला जाँदै गरेको ट्रक डडेल्धुरामा दुर्घटना

दार्चुला जाँदै गरेको ट्रक डडेल्धुरामा दुर्घटना

डडेल्धुरा । धनगढीबाट दार्चुला जाँदै गरेको ट्रक डडेल्धुरामा दुर्घटनामा परेको छ । सुप ००१ख ०६१४ नम्बरको ट्रक महाकाली राजमार्ग अन्तरगत अमरगढी नगरपालिका–६ भालुमारेमा दुर्घटनामा परेको हो ।

२ जना सवार उक्त ट्रक ग्यास र चामल बोकेर दार्चुलातर्फ हिँडेको चालकले बताएका छन् । उक्त दुर्घटनामा कुनै मानविय क्षति नभएको जनाएको छ । ट्रक सडक भन्दा ४० मिटर तल खसेको हो ।