शनिबार काठमाडौंमा ४६ हजारले लगाए भेरोसेल खोपको पहिलो मात्रा

शनिबार काठमाडौंमा ४६ हजारले लगाए भेरोसेल खोपको पहिलो मात्रा

 काठमाडौं जिल्लामा शनबिार ४६ हजार १९८ जनाले कोरोना विरुद्धको खोप भेरोसेलको पहिलो मात्रा लगाएका लगाएका छन्।

६६ वटा खोप केन्द्रमध्ये शनिबार टोखा, तार्केश्वर र शंखरापुर बाहेक अन्य पालिकामा ५७ खोप केन्द्र भएका थिए।

काठमाडौंमा असार १४, १५ र १६ गते संचालन भएको खोप कार्यक्रममा एक लाख २४ हजार २१२ जनाले भेरोसेल खोपको पहिलो मात्रा लगाएका छन्। १४ गते ३० हजार ७०८, १५ गते ४६ हजार ३०६ जनाले खोप लगाएका थिए।

स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार काठमाडौं महानगरपालिकाका हरेक वडामा एक,एक गरी ३२ र ७ वटा अस्पताल गरी ३९ वटा खोप केन्द्र संचालन भएका थिए।

काठमाडौं महानगरपालिकाले आज वडाहरुमा ५० वर्षभन्दा माथिका व्यक्ति, शिक्षक र चालकहरुका लागि खोप केन्द्र तोकेको छ। भने अत्यावश्यक सेवामा कार्यरत व्यक्तिका लागि राधास्वामी आइसोलेसन सेन्टर, प्रसुति गृह, काठमाडौं मेडिकल कलेज, शसस्त्र प्रहरी अस्पताल, शिक्षण र निजामति अस्पतालमा खोप केन्द्र तोकिएको छ।

त्यसैगरि, विदेशमा काम गर्न जानेहरुका लागि नेपाल प्रहरी र वीरेन्द्र सैनिक अस्पतालमा खोप केन्द्र तोकिएको छ।