यस्तो लक्षण देखिए मलेरिया हुनसक्छ, यस्ता छन् रोकथामका उपाय !

यस्तो लक्षण देखिए मलेरिया हुनसक्छ, यस्ता छन् रोकथामका उपाय !

औलोलाई अङ्ग्रेजीमा मलेरिया भनिन्छ । यो लामखुट्टेको टोकाइका कारणले लाग्ने रोग हो। मानिस तथा अन्य केही जनावरहरूलाई समेत लाग्ने यो रोग प्लाज्मोडियम समूहका प्रोटोजोआ परजीवीहरूका कारण लाग्ने गर्दछ। मलेरिया एनोफिलिज जातको संक्रमित पोथी लामखुट्टे टोकाइबाट सर्दछ ।

लामखुट्टेले टोकेपछि औलोको परजीवी त्यसको र्याल हुँदै मानिसको रगतमा पुग्छ । त्यसपछि यो परजीवी कलेजोमा पुग्छ र वयस्क हुँदै सन्तान उत्पादन गर्छ। प्लाज्मोडियम समूहका पाँच प्रजातिहरूले मानिसमा रोगको सङ्क्रमण गराउँछन् भने तिनीहरू एक मानिस हुँदै अन्य मानिसहरूमा पनि सर्न सक्छन्। 

औलो वा मलेरियाका लक्षणहरू 

-संक्रमित लामखुट्टेले टोकेको १० देखि १५ दिन सम्म ज्वरो आउनु।

-टाउको दुख्नु, वान्ता हुने, जोर्नी दुख्ने।

-शरीरमा रगतको मात्रा कम हुने।

-शरीरका भित्री अंग सुनिने ।

-थकान महसुस हुने । 

औलोबाट बच्ने उपाय

-औलोको जोखिम कम गर्न झुल तथा लामखुट्टे भगाउने रसायनहरूको प्रयोग गर्ने । 

-लामखुट्टेको टोकाइ कम गर्ने वा लामखुट्टेको नियन्त्रणका लागि कीटनाशक औषधि छर्कने ।

-घर वरपर पानी जमेका खाल्टाखुल्टी पुर्ने ।

-राति सुत्दा सधैँ झुल प्रयोग गर्ने ।

-शरीरका खुला अंगमा लामखुट्टेबाट बच्न सकिने मलम प्रयोग गर्ने ।

-स्प्रे, लिक्वड, म्याट जस्ता लामखुट्टे भगाउने औषधि प्रयोग गर्ने ।

-घर–घर तथा समुदायमा औलो सम्बन्धी जनचेतना फैलाउने । 

-औलो रोगका लक्षणबारे जानकारी दिने । 

-शंकास्पद बिरामीले तुरुन्त परीक्षण गर्ने गरेमा औलो रोगबाट बच्न तथा अरुलाई बचाउने ।