दार्चुला घटनामा संलग्न भारतीय सुरक्षाकर्मीलाई कारबाही गर्न माओवादी केन्द्रको माग

दार्चुला घटनामा संलग्न भारतीय सुरक्षाकर्मीलाई कारबाही गर्न माओवादी केन्द्रको माग

नेकपा माओवादी केन्द्रले दार्चुलामा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काटिदिँदा नेपाली नागरिक बेपत्ता भएको घटनामा संलग्नलाई कारबाही गर्न माग गरेको छ। 

माओवादी केन्द्रको आइतबार बसेको स्थायी कमिटी बैठकले एसएसबीले तुइनको डोरी चुँडाल्दा नेपाली नागरिक  ३३ वर्षीय जयसिंह धामी बेपत्ता भएको निष्कर्ष निकालेको र त्यसमा संलग्नलाई कारबाहीको माग गर्ने निर्णय भएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए। 

घटनामा संलग्न व्यक्ति (सुरक्षाकर्मी)लाई कारबाहीका लागि कूटनीतिक माध्यमबाट पहल गर्न सरकारसँग माग गरिएको श्रेष्ठले बताए। 'दार्चुलाका ३३ वर्षीय जयसिंह धामी बेपत्ता भएका छन्। भारतीय एसएसबीले तुइनको डोरी चुँडाल्दा बेपत्ता भएको देखिएको छ,' श्रेष्ठले भने, 'घटनामा संलग्न व्यक्तिमाथि कारबाही गर्न सरकारसँग माग गरिएको छ।

कूटनीतिक माध्यमबाट पहल गरी दोषिमाथि कडा कारबाही गर्न माग गरिएको छ।'