कैलालीमा ट्याक्टर दुर्घटना, ३ जनाको अवस्था गम्भिर

कैलालीमा ट्याक्टर दुर्घटना, ३ जनाको अवस्था गम्भिर

धनगढी । कैलालीमा ट्याक्टर दुर्घटना हुंँदा ३ जना घाईते भएका छन् । जिल्लाको चुरे गाउँपालिका वडा नं ३ मगराउ स्थित धनगढीबाट सरिया लोडगरी जोरायल डोटी जाँदै गरेको ट्याक्टर दुर्घटनामा परको हो ।

दुर्घटना हुंँदा ट्याक्टर चालक डोटीको जोरायलका अन्दाजी  २५ बर्षका निर्मल साँउद ,सोही ठाँउका अन्दाजी २३ २४ का दिनेश सार्की र २४ बर्षका जित ब साँउद घाईत भएको कैलाली प्रहरीले जनाएको छ ।

ट्याक्टर आफै अनियन्त्रित भई सडकबाट ३ सय  मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक प्रतिक विष्टले जानकारी दिए ।

उनका अनुसार अहिले घटना स्थलमा ईलाका प्रहरी कार्यालय फल्टुडे खटिएको र घाईतेहरूलाई उपचारको लागी धनगढी ल्याईरहेको जनाएको छ।  तिनै जनाको अवस्था भने गम्भिर रहेको जनाएको छ ।