काठमाडौंबाट गलकोट हुँदै बुर्तिबाङतर्फ लागेको बा५ख १५५३ नम्बरको रात्रिबस सोमबार बिहान साढे सात बजे नालीमा पल्टिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इकवाल हवारीले बताए ।
घाइते हुनेमा गुल्मीको मुसिकोट नगरपालिका–९ का गिरिबहादुर परियार, ढोरपाटन नगरपालिका १ की पवित्रा खत्री, गलकोट नगरपालिका–३ का हरिलाल खत्री, सुनवल नगरपालिका ३ की तारा पुन, मुसिकोट–२ का राजकुमार पुन, तारा थापा, बडिगाड गाउँपालिका–२ का विष्णु थापा, बडिगाड–६ का टेकबहादुर राना, भारतीय नागरिक जिलाजित शर्मा र अनिल कुँवर छन् । उनीहरूको धौलागिरि अस्पतालमा उपचार भइरहेको छ । सवारी चालक चित्रबहादुर खड्कालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको हवारीले जानकारी दिए । बसमा २२ यात्री सवार थिए ।